नागरिक लगानी कोषद्वारा १४.७३ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । नागरिक लगानी कोषले १४.७३ प्रतिशत लाभांश घोषणा गरेको छ ।  

सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७९/८० को नाफाबाट १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशतले नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव नवराज खड्काले जनाएका छन् । 

Advertisement

अर्थमन्त्रालयबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले उक्त लाभांश पाउने छन् । 
 

Advertisement

Advertisement