काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत शनिबार विहान भएको समूह चरणको तेस्रो खेलमा नेपाललाई दक्षिण अफ्रिकासँग जम्मा १ रनले पराजित भएको छ ।
अन्तिम ओभरको रोचक खेलमा नेपाली खेलाडीहरुले रन लिन नसक्दा नेपाल विश्वकप खेलबाट समूह चरणबाट बाहिरिने करिव निश्चित भएको छ । टस जितेर पहिला फिल्डङ गरेको दक्षिण अफ्रिकाले २० ओभरको खेलमा सात विकेटको क्षतिमा नेपाललाई ११६ रनको चुनौति दिएको थियो ।
बलिङमा राम्रो प्रदर्शन गरेको नेपालले ब्याटिङमा भने अपेक्षाकृत राम्रो प्रदर्शन गर्न सकेन् । यसले गर्दा इतिहास रच्ने नेपालको संभावना पनि अहिलेलाई अन्त्य भएको छ । जितका लागि पाएको १रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११४ रन बनाउन सक्यो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे भने अनिल साहले २४ बलमा २७ रन बनाए । उनले ३ चौका र एक छक्का प्रहार गरे । नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन बनाए । उनले एक चौका र एक छक्का प्रहार गरे ।
त्यस्तै, दक्षिण अफ्रिकाका लागि ताब्राइज साम्सीले ४ विकेट लिए भने एनरिच नोर्टजे र ऐडन मार्क्रमले १–१ विकेट लिए । योसँगै दक्षिण अफ्रिकाले समूह चरणको चार वटै ेखेल जितेको छ भने नेपालले तेस्रो खेलमा दोस्रो हार व्यहोर्न बाध्य भएको छ । तीन खेलबाट नेपालको एक अंक मात्र छ ।
नेपालका लागि कुशल भुर्तेलले ४ विकेट हात पारे । ४ ओभर बलिङ गर्दै उनले १९ रनमात्र दिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । चार ओभर बलिङ गर्दै उनले मात्र २१ रन खर्चिए । यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए ।