अहिले भने अमेरिकी दूतावासले संदीपलाई दियो भिसा

Advertisement

काठमाडौं । अमेरिकाले अहिले भने लोकप्रिय क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । 

बलात्कारसम्वन्धी मुद्दामा सफाई पाए पनि यसअघि विश्वकप क्रिकेट खेल्न जान अमेरिकी दूतावासले भिसा नदिएपछि दूतावासको चर्को विरोध भएको थियो । 

Advertisement

नेपालले आजदेखि लिग–२ को सेरिज खेल खेलिरहेको छ । अमेरिकासँगको खेल खेल्न नपाए पनि लामिछानेले अन्य खेलमा उपस्थिति जनाउनेछन् ।

उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

Advertisement

Advertisement