साफ महिला च्याम्पियनसिप कार्तिक १ गतेदेखि सुरु

Advertisement

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो कार्तिक १ देखि साफ महिला च्याम्पियनसिप २०२४ आयोजना गर्ने भएको छ । 

मंगलबार पत्रकार सम्मेलन गरी संघले दक्षिण एसियाली फुटबल महासंघ (साफ)को तालिका अनुसार कार्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिप २०२४ आयोजना गर्न लागेको जानकारी दिएको हो । 

Advertisement

प्रतियोगितामा नेपाललगायत माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ । हाल २७ जना खेलाडीहरु एन्फाको बन्द प्रशिक्षणमा सहभागी छन् ।

एन्फाले प्रतियोगिताको लागि टिकेटिङ अधिकारको लागि सुचना जारी गरिसकेको छ । प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर स्कुलको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ ।

प्रतियोगिताको अनुमानित बजेट रु चार करोड ६० हजार रहेको छ । 
 

Advertisement

Advertisement