काठमाडौं । आज शेयरबजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् ।
सरकारले इल उद फितरको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।
भोलि अर्थात् मंगलबारबाट शेयरबजारसहित सबै कार्यालय नियमित समयमै खुल्नेछन् ।
यसअघि आइतबार (हिजो) शेयर बजार १७.०४ अंकले घटेर २०९५.२५ अंकमा बन्द भएको थियो ।