प्रभु बैंकको नयाँ शाखा मुगुको गमगढीमा

Advertisement

काठमाडौं । प्रभु बैंकले मुगु जिल्लाको छायानाथ रारा नगरपालिका, वडा नं.०२ मा स्थित गमगढीमा ३०६औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकको गमगढी शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Advertisement

नेपालभर ३०६ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत बैंकले सेवा प्रदान गर्दै आएको छ । 

 

Advertisement

Advertisement