प्रभु महालक्ष्मीको साढे चार लाख कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले करिब साढे चार लाख संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

कम्पनीले विभिन्न पाँच जना शेयरधनीको नाममा रहेको चार लाख २४ हजार ४२५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

Advertisement

यस शेयरमा जोकोही व्यक्ति या संघसंस्थाले ले खरिद आवेदन दिन सक्नेछन् । 

इच्छुक लगानीकर्ताले आजका मितिले सात दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ । 

यसअघि कम्पनीले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याए पनि तोकिएको समयमा आवेदन नपरेकाले सर्वसाधारणका लागि खुला गरिएको कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement