एसपी ढकालद्वारा प्रहरी चौकी र अस्थाई बिट निरीक्षण

Advertisement

काठमाडौं । एसपी प्रभु ढकालले प्रहरी चौकी बन्दुके र अस्थाई प्रहरी बिट नेपालटारको निरीक्षण गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ढकालले प्रहरी चौकी बन्दुके र अस्थाई प्रहरी बिट नेपालटारको निरीक्षण भ्रमण गरेका हुन् । 

Advertisement

निरीक्षणपछि एसपी ढकालले प्रहरी कर्मचारीलाई अनुशासनमा रही व्यावसायिक प्रहरी कर्मचारीका रुपमा कार्यसम्पादन गर्न, कुनै पनि प्रलोभन र मोलाहिजामा नपरी शून्य सहनशिलतामा अपनाउन निर्देशन दिए । 

त्यस्तै, एसपी ढकालले कर्मचारीलाई आचरणमा रही कामकारबाही गर्न, कुनै घटना घटे तत्काल एक्सन लिई अपराधको सफल अनुसन्धान गरी संगठनको छवि उच्च बनाउने कार्यमा इमान्दारीपूर्वक लागिपर्न पनि निर्देशन दिए । 

Advertisement

Advertisement