संसदीय सुनुवाइसहित तीन समितिको बैठक बस्दै

Advertisement

काठमाडौं । आज विभिन्न तीनवटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति; सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संयुक्त संसदीय सुनुवाइको बैठक बस्दैछ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ३५औं बैठकमा नेपाल सिमेन्ट उत्पादक संघबाट प्राप्त निवेदनका सन्दर्भमा संघका प्रतिनिधिहरूसँग छलफल  गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

Advertisement

बैठक सवा १२ बजे बस्नेछ । 

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा पुरानो संसद् भवनको पुनर्निर्माण र निर्माणाधीन संसद् भवन निर्माणको प्रगति विवरण सम्बन्धमा छलफल हुनेछ । 

साथै, संयुक्त संसदीय सुनुवाइको २८औं बैठक कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा बस्नेछ । 

१२ बजे बस्ने उक्त बैठकमा प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ प्रारम्भ हुने कार्यसूची रहेको छ । 

Advertisement

Advertisement