दिल्ली क्षेत्रमा गर्मीका कारण १९ जनाको मृत्यु

Advertisement

नयाँ दिल्ली । भारतको राजधानी सहर दिल्लीमा गर्मीका कारण पाँच जनाको मृत्यु भएको छ । 

छिमेकी सहर नोएडामा विगत ७२ घण्टामा १४ जनाको मृत्यु भएको छ । 

Advertisement

यता, संघीय सरकारले सरकारी अस्पतालहरूलाई हेटस्ट्रोकका बिरामीको उपचारलाई प्राथमिकता दिन आग्रह गरेको छ । 

साथै, विभिन्न अस्पतालमा ६० भन्दा बढी गर्मीका बिरामी भर्ना भएका छन् । तीमध्ये धेरैजसो मजदुर वा ६५ वर्षभन्दा माथिका मानिसहरू रहेको बताइएको छ । 

दिल्ली र वरपरका क्षेत्रहरूले विगत केही दिनहरूमा तीव्र गर्मीको लहरको सामना गरिरहेका छन् ।

Advertisement