काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । सुन प्रतितोला १९ सय र चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ७ सय र तेजावी सुन प्रतितोला १ लाख ४४ हजार रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।