प्याकुरेलद्वारा दक्षिण कोरियाको राजदूत पद अस्वीकार

Advertisement

काठमाडौं । मन्त्रीपरिषद्को विहीबारको बैठकबाट दक्षिण कोरियाको राजदूतका लागि सिफारिस भएका सुशील प्याकुरेलले बिना सल्लाह आफ्नो नाममा निर्णय भएको भन्दै उक्त पद अस्वीकार गरेका छन् । 

राजदूत बन्नु अगाडि परराष्ट्र मन्त्रालयले कुनै सोधिखोजी र जानकारी नलिएको, पृष्ठभूमि, कार्यदक्षता, रुची तथा सम्बन्धित देशको बारेमा जानकारी भएको वा नभएको नसोधी नियुक्त गरिएको भन्दै उनले सार्वजनिक गरेको वक्तव्यमा आफू आश्चर्यचकित भएको उल्लेख गरेका छन् । 

Advertisement

मानवअधिकारवादी नेता प्याकुरेल राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य हुन् । 

undefined

 

Advertisement

Advertisement