दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Advertisement

काठमाडौं । आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । 

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

Advertisement

बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ । 

बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रीले विनियोजन विधेयक, २०८१ अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनेछन् । 

विनियोजन विधेयक, २०८१ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अर्थ मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन् । 

त्यस्तै, सांसदहरू प्रेम सुवाल, अमरेशकुमार सिंह, बद्रीप्रसाद पाण्डे, रमा कोइरला, सञ्जयकुमार गौतम, अजयकुमार चौरासिया, राजेन्द्रकमार केसी, सुरेन्द्रराज आचार्यलगायतले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन् । 

त्यसैगरी अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै, ‘आर्थिक विधेयक, २०८१ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुका साथै ‘भन्सार महशुलसम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

 

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक पनि आज बस्नेछ ।

बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । 

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । 

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

Advertisement

Advertisement