सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Advertisement

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

लघुवित्तले शेयरधनी एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ६१ हजार ८०५ कित्ता शेयर बिक्रीमा राखेको हो । 

Advertisement

यो शेयर संस्थापक शेयरधनी, सर्वसाधारण, कम्पनी, संघ तथा संस्थाले बोलकबोलमार्फत खरिद गर्न पाउनेछन् । 

प्रतिकित्ता न्यूनतम मूल्य ३०८ रुपियाँमा तोकिएको यस शेयरमा बोलकबोल गर्दा न्यूनतम पाँच हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ ।

इच्छुक खरिदकर्ताले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल वा एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा आवेदन दिनुपर्नेछ । 

आवेदन असार १० देखि १७ गतेभित्र कार्यालय समयसम्म दिन सकिनेछ ।

Advertisement

Advertisement