प्रहरीका १३ कर्मचारी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन

Advertisement

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा हाजिर नभएका १३ जना प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोध्दै हाजिर हुन निर्देशन दिएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो । 

Advertisement

साथै, सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आएमा सफाइको मौका समेत दिइने अन्यथा सेवाबाट हटाइनेसम्मको कारबाही हुने बताइएको छ । 

‘सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित प्रहरी प्रधान कार्यालयमा हाजिर हुन आउनुहोला,’ सूचनामा भनिएको छ, ‘अन्यथा प्रहरी नियमावलीअनुसार कारबाही हुनेछ ।’

प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँसिसक्दा पनि कार्यालयको सम्पर्कमा नआएकाले कार्यालयले जनाएको छ । 

सम्पर्कविहीन हुनेहरूमा एक जना सहायक निरीक्षक (असई), दुई जना सहायक हवल्दार र बाँकी जवान रहेका छन् ।

undefined


 

Advertisement

Advertisement