काठमाडौं । साधना लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
यो शेयर जोकोही सर्वसाधारण तथा संघसंस्थाले खरिद गर्न पाउनेछन् । यद्यपि, संस्थाले शेयर संख्या भनेको खुलाएको छैन ।
इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित ७ दिनभित्र हरमटारी, गोरखमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ ।
यसअघि संस्थाले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी सो शेयर बिक्रीमा राखेको थियो । तोकिएको समयभित्र आवेदन नपरेपछि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको हो ।