हिमालय ऊर्जा विकासले तोक्यो बुक क्लोज मिति

Advertisement

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि बुक क्लोज मिति तोकेको छ । 

कम्पनीले हकप्रद शेयर बिक्री प्रयोजनार्थ असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको हो । तसर्थ, असार १९ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

Advertisement

कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद शेयर शतप्रतिशत अर्थात् १ः१ को अनुपातमा निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । 

कम्पनीको हकप्रद निष्कासनका बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ९९ करोड रुपियाँ रहेको छ । हकप्रद निष्काशनपछि  एक अर्ब ९८ करोड रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement