सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

बैंकले संस्थापक शेयरधनी उमेशकुमार मुडभरीको नाममा रहेको सात हजार ६४२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

Advertisement

यो शेयरमा जोकोही व्यक्ति वा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् । 

शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजातसहित आजका मितिले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटार काठमाडौंमा आफूले के कति कित्ता खरिद गर्न चाहेको हो सोको विवरण खुलाई निवेदन दिनुपर्नेछ । 

 

Advertisement

Advertisement