शुभरोथ नेपालको प्राविधिक सहयोगमा धुलिखेलमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौं । शुभरोथ नेपालको प्राविधिक सहयोगमा काभ्रेपलाञ्चोकको धुलिखेलमा असार १३ गते बिहीबार सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । 

धुलिखेल नगरपालिका वडा नम्बर १२ मा गुम्बा सहयोग परियोजनाको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको हो । 

Advertisement

वडा नम्बर १२ का वडाध्यक्ष मोहनप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्य तथा मार्फा काग्यु धर्म संरक्षण केन्द्रका उपाध्यक्ष फुन्जो गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सामाजिक परीक्षण कार्यक्रम शुभरोथ नेपालका कार्यकारी निर्देशक थानेश्वर कोइरालाले सञ्चालक गरेका थिए । कार्यक्रममा स्थानीय समाजसेवी नाम्बा दोर्जे लगायतकाले आ–आफ्नो विचार राखेका थिए । 

undefined

कुनै पनि कार्यक्रम सञ्चालन पश्चात सामाजिक परीक्षण गर्नु जरुरी छ । सामाजिक परीक्षणले कार्यक्रमको प्रभावकारिता, लक्षित वर्गमा परेको प्रभाव, श्रोतको उचित उपभोग, कमिकमजोरीको विश्लेषण गरी भविश्यमा सुधार गर्नु पर्ने पक्षको मार्गदर्शन गर्न सहयोग गर्छ । 

सम्बन्धित लक्षित वर्ग, स्थानीय सरकारका प्रतिनिधि लगायत सबैले कार्यक्रम प्रभावकारी भएको बताएका थिए । साथै आगामी दिनमा समेत यस्ता कार्यक्रम सञ्चालन गर्न अनुरोध गरिएको थियो । 

शुभरोथ नेपालको बारेमाः 
शुभरोथ नेपाल प्रालि अनुभवी, दक्ष र तालिम प्राप्त प्राविधिकहरुबाट सञ्चालक भएको एक गैरसरकारी संस्था हो । विगत दुई वर्षदेखि विद्यालय स्वास्थ्य कार्यक्रम, सञ्चार, परिवार नियोजन, केयर गिभिङ सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालक गर्दै आएको छ । 

शुभरोथ नेपालका विभिन्न कार्यक्रमहरु मध्ये सामाजिक परीक्षण एक मुख्य कार्यक्रम हो । यसले विगत २ वर्षमा १५ भन्दा बढी सामाजिक परीक्षण सरकारी तथा गैरसरकारी संस्थाहरुमा सञ्चालन गरिसकेको छ । 

समाज कल्याण परिषद् र नेपाल सरकारद्वारा स्वीकृत सामाजिक परीक्षण निर्देशिकालाई आधार मानेर समाजिक परीक्षण गर्ने शुभरोथ नेपालका कार्यकारी निर्देशक थानेश्वर कोइरालले बताए । 
 

Advertisement

Advertisement