केई ब्राण्डका गाडीमा लक्ष्मी ग्रुप र गोल्छा अर्गनाइजेशनको ‘प्राइस वार’, के गर्ला एलआरआर ?

Advertisement

काठमाडौं । चिनियाँ अटोमोवाइल कम्पनी चेरीको सब ब्राण्ड ‘केई’को लागि नेपालका दिग्गज कर्पोरेट हाउसहरु ‘प्राइस वार’ मा उत्रेका छन् । एउटै ब्राण्ड ३ वटा आयातकर्ताले बिक्री वितरण गर्ने जिम्मा पाएपछि प्राइस वार सुरु भएको हो।  

गाडी निर्माता कम्पनीले केईको लागि नेपालको आधिकारिक वितरकको जिम्मा लक्ष्मी ग्रुप, गोल्छा अर्गनाईजेसन र एलआरआर ग्रुपलाई दिएको छ ।

Advertisement

लक्ष्मी र गोल्छा अर्गनाईजेसन नेपालको अटोमोवाइल क्षेत्रमा लामो समयदेखि काम गरिरहेका छन् भने एलआरआर यो क्षेत्रमा नयाँ हो । 

एउटै ब्राण्ड ३ वटा आयातकर्ताले बिक्री वितरण गर्ने जिम्मा पाएपछि प्राइस वार सुरु भएको हो।  

हाल नेपालमा केई ब्राण्डको एक्स ३ प्रो मोडलको डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध छ । लक्ष्मी ग्रुपले डिलक्स मोडलको ५१ लाख ९६ हजार र फ्ल्यागसिप मोडलको ५३ लाख ९६ हजार निर्धारण गरेको थियो । 

लक्ष्मीको मूल्य सार्वजनिक भएपछि गोल्छा ग्रुपले गाडीको मूल्य ५ लाख घटायो । गोल्छाले डिलक्सको ४६ लाख ९९ हजार र र फ्लयाग सिपको मूल्य ४८ लाख ९९ हजार निर्धारण गर्यो । 

गोल्छाले गाडीको मूल्य ब्यापक घटाएपछि लक्ष्मी ग्रुप पनि गाडीको मूल्य घटाउन बाध्य भएको छ। लक्ष्मी ग्रुपले डिलक्सको मूल्य ४६ लाख ९६ हजार र फ्ल्याग खुलाएको छ। 

लक्ष्मी र गोल्छाले पछिल्लो समय सार्वजनिक गरेको मूल्यमा कसैले पनि ग्राहकलाई गाडी दिन नसक्ने एलआरआर ग्रुपका निर्देशक जीवनजंग शाहीले बताए । 

‘१२० किलोवाटको गाडीमा ५३ लाख ठीक मूल्य थियो । अरु कम्पनीले जसरी मूल्य घटाएका छन् त्यो अस्वस्थ प्रतिश्पर्धा हो,’उनले भने । 

लक्ष्मी र गोल्छाले पछिल्लो समय सार्वजनिक गरेको मूल्यमा कसैले पनि ग्राहकलाई गाडी दिन नसक्ने एलआरआर ग्रुपका निर्देशक जीवनजंग शाहीले बताए । 

अहिले मूल्य सार्वजनिक गरेका कम्पनीहरुले १२० किलोवाटको एक्सथ्री प्रो ४६ र ४८ लाखमा दिन नसक्ने शाहीको दाबी छ ।

‘अहिले उहाँहरुले सार्वजनिक गर्नु भएको मूल्य यो गाडीको लागि होइन । कम्पनीले १०० किलोवाट भन्दा कम क्षमताको एक्सथ्री प्रो गाडी बनाउँदै छ । त्यही गाडीको मूल्य सार्वजनिक गर्नु भएको हो । त्यो गाडी ग्राहकले पाउने भनेको ६–७ महिना पछि मात्र हो,’उनले कर्पोरेट नेपालसगँ भने । 

ग्राहकलाई आकर्षित गर्नैका लागि थोरै मूल्यमा गाडी बुकिङ गर्न लागिएको गोल्छा अर्गनाईजेशन अन्तरर्गतको जिओ अटोमोवाइल्सका प्रवन्ध निर्देशक आकाश गोल्छा बताउँछन् । 

एलआरआर ग्रुपले ग्राहक सुहाउँदो र ग्राहकलाई समयमा गाडी दिन सक्नेगरी मूल्य निर्धारण गर्ने शाहीले बताए । 

ग्राहकलाई आकर्षित गर्नैका लागि थोरै मूल्यमा गाडी बुकिङ गर्न लागिएको गोल्छा अर्गनाईजेशन अन्तरर्गतको जिओ अटोमोवाइल्सका प्रवन्ध निर्देशक आकाश गोल्छा बताउँछन् । 

‘हामीले निकै कम मार्जिन राखेका छौं । धेरै गाडी बेच्नका लागि यो हाम्रो मार्केटिङ स्ट्र्याटिजी हो,’ उनले भने । 

जिओ अटोमोवाइल्सले यही गाडी २ महिना भित्र ग्राहकलाई डेलिभरी दिने उनको दावी छ । ‘कम्पनीले गाडी बनाउँदै छ । केही समयमै हामी गाडी ल्याउदैँ छौं । र आगामी अगस्टसम्म ग्राहकलाई डेलिभरी दिनेगरी काम गरिरहेका छौं,’उनले भने । 

null

Advertisement

Advertisement