शाओमीले नेपालमा ल्यायो रेड्मी १३, मूल्य कति ?

Advertisement

काठमाडौं । शाओमीले नेपालमा रेड्मी १३ लन्च गरेको छ । 

शक्तिशाली मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर, १०८ मेगापिक्सेल क्यामारा, र लङ लास्टिङ ब्याट्रीको साथमा रेड्मी १३ असाधारण प्रदर्शन प्रदान गर्न डिजाइन गरिएको छ । हाइपर ओएस सहितको शाओमीले प्रयोगकर्तालाई निर्बाध प्रयोग सुनिश्चित गर्दछ ।

Advertisement

लन्चबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘नेपालमा रेड्मी १३ सार्वजनिक गर्न पाउँदा हामी निकै खुशी र उत्साहित भएका छौँ । हामीले हाम्रा ग्राहकहरुलाई गरेको प्रतिबद्धता अनुरुप अत्याधुनिक प्रविधियुक्त फोनहरु ल्याएका छौँ । शक्तिशाली मिडियाटेक हेलियो जी ९१ अल्ट्रा प्रोसेसर, ठूलो ६.७९ इन्चको इमर्सिभ डिस्प्ले, १०८ एमपीको उन्नत क्यामेरा प्रणाली र लामो समयसम्म चल्ने ५,०३० एमएच ब्याट्रीले गर्दा बहुमुखी कार्यसम्पादनको लागि नयाँ बेन्चमार्क सेट गरेको छ । प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधि प्रदान गर्ने शाओमीको प्रतिबद्धतालाई हामीले रेड्मी १३ को साथमा कायम गरेका छौँ ।”

रेड्मी १३ ६ जिबी + १२८ जिबी र ८ जिबी + २५६ जिबी भेरियन्टमा मिडनाइट ब्ल्याक, पर्ल पिंक र ओशन ब्लू रंगहरूमा उपलब्ध छन् । 

६ जिबी + १२८ जिबी र ८ जिबी + २५६ जिबी भेरियन्टमका मुल्यहरु क्रमशः रु.१८,९९९ रु. २१,९९९ रहेको छ ।

रेड्मी १३ असार १३ देखि नेपालभरका सबै एमआई स्टोर र शाओमीका आधिकारिक रिटेल आउटलेटहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
 

Advertisement