सगरमाथा र माउन्ट ल्होत्सेमा रोप फिक्सिङ गर्नेहरु सम्मानित

Advertisement

काठमाडौं । पर्वतारोहण सञ्चालक संघले सगरमाथा र माउन्ट ल्होत्सेको वसन्त ऋतुका लागि ‘रोप फिक्सिङ’ गर्ने टोलीलाई प्रशंसा प्रमाण–पत्र प्रदान गरेको छ । शुक्रबार संघले एक समारोहका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङबाट प्रमाण–पत्र प्रदान गरेको हो ।

उक्त समारोहमा सेभेन समिट ट्रेक्स कम्पनीलाई प्रशंशा पत्र प्रदान गरियो । सगरमाथाको क्याम्प–२ देखि सगरमाथाको चुचुरो सम्मको ‘रोप फिक्सिङ’ टिम लिडर देन्डी शेर्पासहित १० जनाको टिमले गरेको थियो । वसन्त ऋतु २०२४ मा ८.५१६ अग्लो ल्होत्से हिमाल आरोहणको लागि बाटो खोल्ने तथा डोरी टाग्ने टोलीहरु देन्डी शेर्पा, नामगेल दोर्जी तामाङ, पेम्बा टासी शेर्पा, दावा शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, पम दर्जी शेर्पा, टासी शेर्पा हुन् । 

Advertisement

वसन्त ऋतु २०२४ मा ८८४८.८४ मिटर अग्लो सगरमाथा हिमाल आरोहणको लागि बाटो खोल्ने तथा डोरी टाग्ने टोलीहरु देन्डी शेर्पा, नरंगेल दोर्जी तामाङ, पेम्बा टासी शेर्पा, दावा शेर्पा, सुकु बहादुर तामाङ, लक्पा रिन्जी शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, पाम दोर्जी शेर्पा, दावा रिन्जी शेर्पा, लाक्पा थिन्दुक शेर्पा हुन् ।

त्यस्तै, चोयु हिमाल नेपालतर्फबाट सात जनाको टोलीले यही जुनको ७ तारिखका दिन नयाँ रुट बनाउँदै पहिलो पटक सफल आरोहण गरेका टोलीलाई संघ नेपालले प्रशंसा प्रमाण पत्र प्रदान गरेको हो । आरोहण टोलीमा गेल्जे शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, छान्वा शेर्पा, लक्पा तेम्बा शेर्पा, लाक्पा तेन्जी शेर्पा, ङ्गिमा ओङ्डा शेर्पा थिए । 
 

Advertisement

Advertisement