हिमाल र पर्वतारोहणबारे गलत प्रचार गरे कारवाही गर्ने पर्यटनमन्त्रीको चेतावनी

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले समाजिक सञ्जालले दुरुपयोग गर्दै हिमाल र पर्वतारोहणबारे प्रचार भएको बताउँदै यस्तो प्रयास गर्नेलाई कारवाही गर्ने चेतावनी दिएका छन् । 

शुक्रबार पर्वतारोहण सञ्चालक संघले गरेको कार्यक्रममा उनले कसैले पनि हिमाल र पर्वतारोहणका बारेमा गलत सूचना प्रवाह गरे कडा कारबाही गर्ने बताए । तामाङले आरोहीहरुले पर्वतारोहणका क्षेत्रमा गरेको योगदान प्रसंशनीय भएको बताए ।

Advertisement

उनले भने, ‘पर्यटनका दृष्टिले हिमाल वरदान हो । यो पेशा विदेशी मुद्रा आयआर्जनको मुख्य स्रोत हो । सीप र कला चाहिने भएकाले हिमाली जाति बसोबास गर्ने शेर्पाको यसमा बढी लगाव भएको हो ।’ 

विश्व तापक्रमका कारण हिमताल फुटने, हिमाल पग्लिने भएकाले चुनौति बढेको तामाङले बताए । उनले हिमाली बसोबास जोगाउन जरुरी रहेको बताए । 

Advertisement

Advertisement