फुञ्जो लामा, दावा फिन्जोक शेर्पा र पूर्णिमा श्रेष्ठ सम्मानित

Advertisement

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा १४ घण्टा ३१ मिनेटमा आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्न सफल फुञ्जो लामासहित तीन जनालाई पर्वतारोहण सञ्चालक संघले प्रशंसा प्रमाण–पत्र प्रदान गरेको छ ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा संघले तीन जनालाई सम्मानित गरको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङको हातबाट प्रमाण–पत्र प्रदान गरे ।

Advertisement

दावा फिन्जोक शेर्पाले सगरमाथाको आठ दिन १३ घण्टा १९ मिनेटमा तीन पटक सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए । त्यस्तै, फोटो पत्रकार तथा आरोही पूर्णिमा श्रेष्ठले एउटै याममा तीन पटक सगरमाथाको आरोहण गरेर विश्व किर्तिमान कायम गरेकी थिइन् । 

Advertisement

Advertisement