गुल्मी पहिरो अपटेडः एकै घरका पाँच जनाको मृत्यु

Advertisement

गुल्मी । गुल्मीमा पहिरोले गए राति घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ । 

मालिका गाउँपालिका–६ कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती सुन्तली, बुहारी सीता, नातिनी विपना र सपनाको मृत्यु भएको हो । 

Advertisement

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार पहिरोमा पुरिएर बेपत्ता भएका पाँचैजनाको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको छ । 

घटनापछि सदरमुकाम तम्घासबाट  नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थलमा गएको थियो ।

बागलुङ र गुल्मीमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, आधा दर्जन बढी बेपत्ता

Advertisement

Advertisement