शुभरोथ नेपालको प्राबिधिक सहयोगमा सातदोबाटो खुमलटारमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौं । ललितपुर महानगरपालिका २७ सातदोबाटो खुमलटारमा असार १५ गते शनिबार सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

महानगरको वडा नम्बर ९ र २७ का कार्यरत भरोसा युवा क्लबको आयोजना तथा शुभरोथ नेपाल प्रालि ललितपुरको प्राबिधिक सहयोगमा उक्त सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको हो । 

Advertisement

क्लबका अध्यक्ष पिटर कुमालको अध्यक्षता तथा वडा नम्बर २७ का वडा सदस्य रामदेवी महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा राहुल तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा शुभरोथ नेपालका कार्यकारी निर्देशक थानेश्वर कोइरालाले सहजीकरण गरेका थिए । 

उक्त क्षेत्रमा दुर्गम क्षेत्रका गरीब, विपन्न बालबालिकाहरुलाई छात्रबृत्ति प्रदान गर्दै आएको भरोसा युवा क्लबले बालबालिकाहरुलाई छात्रबृत्तिसहित कम्प्युटर शिक्षा, कपाल काट्ने तालिम, म्युजिक क्लास, ट्यूशन क्लास, मावन बेचबिखन बिरुद्ध जनचेतनामूलक कार्यक्रमसहित बालबालिकाहरुको क्षमता अभिबृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष पिटर कुमालले बताए । उक्त क्लबले २२ जना बालबालिकाहरुलाई छात्रबृत्ति प्रदान गर्दैै आएको छ भने अन्य अतिरिक्त क्रियाकलापहरुमा ७९ जना बालबालिका जोडिएका छन् । 

उक्त सामाजिक परीक्षण कार्यक्रममा क्लबको छात्रबृति पाएका बालिकाहरु स्वस्तिका शाही र राधिका चौधरीले कार्यक्रमबाट आफूहरुको जीवनमा निकै ठूलो परिवर्तन आएको बताएका थिए । 

त्यसैगरी क्लबका बोर्ड सदस्य शान्तिमाया तामाङले आगामी दिनमा पनि श्रोत साधनले भ्याएसम्म कार्यक्रमलाई निरन्तरता दिने बताइन् । स्थानीय बालकुमारी माविका शिक्षक सूर्यकुमार राई र प्रमुख अतिथि वडा सदस्य रामदेवी महर्जनले भरोसा क्लबको कार्यक्रम प्रभावकारी देखिएकाले आफूहरु पनि सहकार्य गर्न तयार रहेको बताए । 

undefined

उक्त सामाजिक परीक्षण कार्यक्रममा प्राबिधिक सहयोग उपलब्ध गराएको सुभरोथ नेपालका कार्यकारी निर्देशक थानेश्वर कोइरालाले २०७७ सालमा स्थापित भरोसा युवा क्लबले नीति नियम भित्र रहेर प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गरिरहेको भन्दै परियोजनका सवल पक्ष र सुधार गर्नु पर्ने पक्षका बारेमा प्रस्तुतिकरण गरेका थिए । 

कुनै पनि कार्यक्रम सञ्चालन पश्चात सामाजिक परीक्षण गर्नु जरुरी छ । सामाजिक परीक्षणले कार्यक्रमको प्रभावकारिता, लक्षित वर्गमा परेको प्रभाव, श्रोतको उचित उपभोग, कमिकमजोरीको विश्लेषण गरी भविश्यमा सुधार गर्नु पर्ने पक्षको मार्गदर्शन गर्न सहयोग गर्छ । 

शुभरोथ नेपालको बारेमाः 
शुभरोथ नेपाल प्रालि अनुभवी, दक्ष र तालिम प्राप्त प्राविधिकहरुबाट सञ्चालन भएको एक गैरसरकारी संस्था हो । विगत दुई वर्षदेखि विद्यालय स्वास्थ्य कार्यक्रम, सञ्चार, परिवार नियोजन, केयर गिभिङ सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालक गर्दै आएको छ । 

शुभरोथ नेपालका विभिन्न कार्यक्रमहरु मध्ये सामाजिक परीक्षण एक मुख्य कार्यक्रम हो । यसले विगत २ वर्षमा १५ भन्दा बढी सामाजिक परीक्षण सरकारी तथा गैरसरकारी संस्थाहरुमा सञ्चालन गरिसकेको छ । 

समाज कल्याण परिषद् र नेपाल सरकारद्वारा स्वीकृत सामाजिक परीक्षण निर्देशिका २०६६ लाई आधार मानेर समाजिक परीक्षण गर्ने शुभरोथ नेपालका कार्यकारी निर्देशक थानेश्वर कोइरालाले बताए । 

Advertisement

Advertisement