आजको मौसम : यी प्रदेशमा हुनेछ चट्याङसहित भारी वर्षा, सतर्कता अपनाउन विभागको आग्रह

Advertisement

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ। सोही कारण ​देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।​

Advertisement

विभागका अनुसार आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । देशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा हुनेछ । साथसाथै कोशी, बागमती र गण्डकी प्रदेशका एकाध स्थानमा उच्च वर्षाको सम्भावना रहेको जनाउँदै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यसैगरी राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ ।

विभागका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा देशका बाँकी  भू-भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । 

साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ । 

Advertisement

Advertisement