नाउपाले पार्टी अध्यक्ष रञ्जितालाई दलको नेताबाट हटायो

Advertisement

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभाको संसदीय दलको नेताबाट पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएको छ । 

पार्टी संसदीय दलको सचिवालयको बैठकले दलको नेता र प्रमुख सचेतक फेरेको छ ।  

Advertisement

आइतबार बसेको बैठकले दलको नेतामा गङ्गाराम चौधरी र प्रमुख सचेतकमा लालवीर चौधरीलाई चयन गरेको छ । योसँगै यसअघि सचेतक रहेका अरुणकुमार चौधरीलाई पनि हटाइएको छ ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीच पार्टी सञ्चालनका विषयमा मतभेद छ । 

सुदूरपश्चिम प्रदेशमा अध्यक्ष पक्षका दुई जना मन्त्री छन् भने संरक्षक पक्षका पाँच जना विपक्षी बेन्चमा छन् ।

Advertisement

Advertisement