प्रस्तावित निर्वाचन आयुक्तमाथि परेका उजुरीबारे छलफल हुँदै

Advertisement

काठमाडौं । आज एकैदिन तीनवटा संसदीय समितिको बैठक बस्दैछ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति; कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो । 

Advertisement

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ३६औं बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा सूर्ति, खैनी तथा गुड्खा उद्योगको पुँजी तथा क्षमता बृद्धिको सम्बन्धमा

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल तथा विद्युतीय व्यापार विधेयक, २०८० मा सरोकारवालासँग छलफल  हुनेछ । 

त्यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

बैठकमा फलफूल खेतीको विरुवामा दिइँदै आएको अनुदानसम्बन्धी विषयमा व्यावसायिक फलफूल खेती गर्ने कृषकहरूको गुनासो र पशु कल्याण अधिकारसँग सम्बन्धित कानुनको तर्जुमा, समस्या तथा समाधान सम्बन्धी विषयका सम्बन्धमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्रीर सचिव, कृषि, पशुसेवा, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकहरू, बागवानी विकास केन्द्रका कार्यकारी प्रमुख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख र सम्बन्धित किसानहरूसमेतको सहभागितामा छलफल हुनेछ । 

संसदीय सुनुवाइ समितिको बैठक पनि आजै बस्दैछ । 

बैठकमा निर्वाचन आयुक्त पदमा  प्रस्तावित व्यक्तिका सम्बन्धमा प्राप्‍त उजुरी तथा सूचनाहरू खोली वितरण र छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, निर्वाचन आयुक्त पदमा प्रस्तावित व्यक्तिले पेश गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने र निर्वाचन आयुक्त पदमा प्रस्तावित व्यक्तिको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम कार्यतालिका तयार गर्ने कार्यसूची रहेको छ । 

बैठक मध्यान्ह १२ बजे सार्वजनिक लेखा समितिको हलमा बस्नेछ ।

Advertisement

Advertisement