गिरिजाप्रसादलाई माला लगाउन कांग्रेस मुख्यालय पुगे केपी ओली

Advertisement

काठमाडौं । नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्ने सहमति भएपछि नेकपा एमालेका अध्यक्ष केपी ओली कांग्रेस नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई माला लगाउन सो पार्टीको मुख्यालय पुगेका छन् । 

कांग्रेसले गिरिजाप्रसादको शताब्दी जन्म जयन्ती मनाउन भन्दै गरेको फोटो प्रदर्शनी हेर्न ओली कांग्रेस मुख्यालय सानेपा पुगेका छन् । सानेपा पुगेर ओलीले गिरिजाको फोटोमा माला लगाएका थिए । नेपालको राजनीतिमा गिरिजालाई कुटील र खराब पात्रको रुपमा हेरिए पनि कांग्रेसको एउटा समूहले भने उनलाई आदर्श पुरुष मान्दै आएको छ । 

Advertisement

‘क्रान्ति देखि शान्तिसम्म’ नाम दिएर गरिएको फोटो प्रदर्शनी अवलोकन गर्न ओली सानेपा पुगेका हुन् । प्रदर्शनीको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

फोटो प्रदर्शनी हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, बाबुराम भट्टराईलगायत नेता सानेपा गएका थिए । 

Advertisement

Advertisement