देशभरका २३ कन्स्ट्रक्सन कम्पनीको लाइसेन्स खारेज, कुन-कुन परे ? (सूचीसहित)

Advertisement

काठमाडौं । धनुषाको सिरोहिया कन्स्ट्रक्सनसहित देशभरका विभिन्न २३ निर्माण व्यवसायीहरूको इजाजतपत्र (लाइसेन्स) खारेज भएको छ । 

सार्वजनिक निर्माणकार्य प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका निर्माण व्यवसायीले आर्थिक वर्ष २०८०/०८१ का लागि २०८० चैत मसान्तसम्म आफ्नो इजाजतपत्र नवीकरण नगरेपछि उनीहरुको इजाजतपत्र स्वतः खारेज भएको हो । 

Advertisement

लाइसेन्स खारेज हुनेमा फ्युचर स्टार कन्स्ट्रक्सन प्रालि (ललितपुर), हिमालयन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी प्रालि (ललितपुर), भूमि इन्फ्रास्ट्रक्चर प्रालि (मोरङ) र मदन कन्स्ट्रक्सन प्रालि (धनकुटा) रहेका छन् । 

त्यस्तै, असन बालकुमारी कन्स्ट्रक्सन (काठमाडौं), ढोफिर्दी निर्माण सेवा (तनहुँ), दि राइजिङ कन्स्ट्रक्सन (पोखरा), सिरोहिया कन्स्ट्रक्सन (धनुषा), त्रिशूल निर्माण सेवा (दमक) को पनि इजाजतपत्र खारेज भएको छ ।

त्यसैगरी, श्रीजंगा निर्माण सेवा (पाँचथर), घण्टेश्व निर्माण सेवा प्रालि (डडेल्धुरा), नौला मालिका निर्माण सेवा (जाजरकोट), ठोसे केआर निर्माण सेवा (काठमाडौं), एभ्रिथिङ सोलुसन कन्स्ट्रक्सन प्रालि (झापा), रुपाली कन्स्ट्रक्सन (अछाम) र रुद्रकुमार कक्षपती निर्माण सेवा (प्युठान) ले पनि इजाजपत्र नवीकरण गरेका छैनन् । 

साथै, इजाजतपत्र रद्द हुनेमा सिन्धुलीको ई. मरिण ठाकुर निर्माण सेवा, काठमाडौंको विकन कम्पनी प्रालि, भक्तपुरको आर कोमल कन्स्ट्रक्सन, बर्दियाको अमन कन्स्ट्रक्सन, संखुवासभाको राधाकृष्ण निर्माण सेवा, र काठमाडौंकै पवित्र मल्टिपल कन्स्ट्रक्सन तथा फ्लोरिडा कन्स्ट्रक्सन प्रालि रहेका मन्त्रालयले जनाएको छ । 

undefined


 

Advertisement

Advertisement