आजको मौसम : सातै प्रदेशमा भारी वर्षा र दुइटामा धेरै भारी वर्षा हुने
प्रतीकात्मक तस्बिर ।

Advertisement

काठमाडौं । हाल मनसुनी वायुको प्रभाव रहँदा देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ ।

अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

विभागका अनुसार आज दिउँसो पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । साथै, देशैभरका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी र लुम्बिनी प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी, राति साधारणतयादेखि पूर्णतया बदली रहनेछ । देशभरका अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

विभागका अनुसार कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

कोशी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।

Advertisement

Advertisement