नेशनल लघुवित्तको ३८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको ३८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

हाललाई यो शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । 

Advertisement

इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ ।

साथै, तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement