पहिरोले डुम्रे–बेंसीसहर सडक अवरुद्ध
प्रतीकात्मक तस्बिर ।

Advertisement

लमजुङ । अविरल वर्षाका कारणा पहिरो जाँदा डुम्रे– बेंसीसहर सडक अवरुद्ध भएको छ । 

सो सडकअन्तर्गत बेंसीसहर नगरपालिका– १ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार सो स्थानमा पटकपटक पहिराले सडक अवरुद्ध बनाउँदै आएको छ । 

सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । लमजुङ–तनहुँ जिल्ला जोड्ने मुख्य यस सडक हुँदै बेंसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, भैरहवालगायत स्थानमा जाने र सो स्थानबाट बेँसीसहर र मनाङ आउने यात्रुलाई बर्खायाममा बर्सेनि समस्या हुँदै आएको छ ।
 

Advertisement

Advertisement