काठमाडौं । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।
काठमाडाैंसहित बागमती, कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा बिहानैदेखि वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै कोशी, मधेश र गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ ।
साथै कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षासमेत हुनेछ ।
राति भने देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।