प्रतिकित्ता रु २९९ मा आशा लघुवित्तको शेयर सर्वसाधारणका लागि बिक्री खुला

Advertisement

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणले किन्न पाउने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

संस्थाले शेयरधनी नेपाल इन्भेस्टमेन्ट प्रालि, प्रभु ग्रुप प्रालि र ताराकुमारी भट्टचनको स्वामित्वमा रहेको कुल दुई लाख ३८ हजार ७५८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

Advertisement

यसअघि संस्थाले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी सो शेयर बिक्रीमा ल्याएको थियो । तोकिएको समयभित्र आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको बताइएको छ । 

प्रतिकित्ता न्यूनतम मूल्य २९९ रुपियाँ तोकिएको छ । 

इच्छुक जोकोही व्यक्ति वा कम्पनीले आवश्यक कागजातसहित आजका मितिले सात दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा १३ काभ्रेपलान्चोकमा खरिद निवेदन पेस गर्नुपर्नेछ । 

Advertisement

Advertisement