चारवटा संसदीय समितिको बैठक बस्दै (कार्यसूचीसहित)

Advertisement

काठमाडौं । आज एकैपटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । 

महिला तथा सामाजिक मामिला समिति; पूर्वाधार विकास समिति; विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । 

Advertisement

बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । 

बैठकमा राज्यको मूलप्रवाहमा दलित समुदायको समावेशिताको अवस्था र यस सम्बन्धमा राष्ट्रिय दलित आयोगले खेल्दै आएको भुमिका बारेमा छलफल हुनेछ । 

त्यस्तै, बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिको आन्तरिक छलफल हुनेछ । 

साथै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा काठमाडौं उपत्यकाभित्र खानेपानीको उत्पादन वितरण एवं सहज आपूर्तिको लागि देखिएका समस्या चुनौती लगायतका विषयमा छलफल हुनेछ । 

बैठक ११ बजे नै बस्नेछ । 

त्यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे १० बजे बस्दैछ ।

बैठकमा अंगदान र प्रत्यारोपणसम्बन्धी विद्यमान अवस्था समस्या तथा चुनौती र भावी कार्यदिशा सम्बन्धमा छलफल हुनेछ ।

Advertisement

Advertisement