पोखरामा पहिरोले घर पुरिँदा एकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

Advertisement

कास्की । पोखरामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । 

पोखरा महानगरपालिका–२७ सहेलापाटाका मनबहादुर थापाको ब्लकले बनेको घर आज बिहान पहिरो पुरिँदा उहाँका २२ छोरा वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको हो । 

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले घटनास्थलबाट  ५० वर्षीय कमला थापालाई सकुशल उद्धार गरेको जानकारी दिए । 

इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीले घटनास्थलमा खोज तथा उद्धार गरेका थिए । 

उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल २४ नं गण कालिका गण मालेपाटनबाट समेत प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए । 

पोखरामा हिजो साँझदेखि नै निरन्तर वर्षा भइरहेको छ । 

Advertisement

Advertisement