दाहाललाई भोट नदिन एमालेको आफ्ना साँसदलाई ह्वीप

Advertisement

काठमाडौं । नेकपा एमालेले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पर्सि २८ गते विश्वासको मत लिने तयारी गरेका छन् । 

Advertisement

नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता साझेदारीको सम्झौता भए पनि दाहालले राजीनामा नदिँदा राजनीति अन्योलमा पर्दै आएको छ । 

Advertisement

Advertisement