प्रधानमन्त्रीले विश्वको मत लिने अघिल्लो दिन मन्त्री उनुपस्थित भएपछि संसद बैठक स्थगित
उद्योगीले गत मंगलबार काठमाडौंमा गरेको पत्रकार सम्मेलन

Advertisement

काठमाडौं । प्रतिनिधि सभा बैठकमा मन्त्रीहरु अनुपस्थित भएपछि बैठक स्थगित भएको छ । प्रतिनिधि सभाको बैठक आज (बिहीवार) दिउँसो ४ बजे बस्नेगरी बोलाइएको थियो । 

करिव डेढ घण्टा ढिलोगरी बसेको बैठकमा कोही पनि मन्त्री उपस्थित नभएपछि बैठक भोलि (शुक्रवार) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । 

Advertisement

बैठक प्रारम्भ हुनासाथ नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले बैठकमा प्रधानमन्त्री तथा सरकारका मन्त्रीहरु अनुपस्थित भएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । उनले संसद बैठक चलेको दिन प्रधानमन्त्री र मन्त्रीहरु उपस्थित हुनुपर्छ भन्ने कुरा जानकारी छ कि छैन ? भनेर प्रश्न समेत गरे । 

लगत्तै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम(५) बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको जानकारी गराए । उनले बैठकमा कुनैपनि मन्त्रीको उपस्थिति नरहेको भन्दै बैठक भोलि(शुक्रवार) बिहान ११ बजे बस्नेगरी स्थगित भएको घोषणा गरे । 

प्रतिनिधि सभाको भोलिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूची रहेको छ । 

Advertisement

Advertisement