ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । ज्योति विकास बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ ।

हाललाई सो शेयरमा विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । यद्यपि, बैंकले बिक्रीमा राखिएको शेयर संख्या भने खुलाएको छैन ।

Advertisement

इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र कमलपोखरी, काठमाडौंमा रहेकाे बैंकको प्रधान कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र खरिद निवेदन नपरेमा साे शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Advertisement

Advertisement