मुग्लिन–नारायणगढ सडकखण्डमा ढुंगाले लागेर बस चालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

Advertisement

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा माथिबाट खसेको ढुंगाले लागेर बस चालकको मृत्यु भएको छ ।

बुटवलबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

लु २ ख ६५६६ नम्बरको बसका चालकलाई माथिबाट खसेको ढुंगाले लागेको थियो ।

ढुंगाले लागेर घाइते भएका चालक मेघनाथ विकको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement