चितवन पहिरो अपडेट : तीन यात्रु हाम फालेर बाँचे, ६२ जनाको अवस्था अज्ञात

Advertisement

काठमाडौं । मुग्लिन–नारायणगढ सडकको सिमलतालमा आज बिहान साढे तीन बजे गएको पहिरोमा परेर दुईवटा बस त्रिशूली नदीमा खसेका छन् ।

दुई बसमध्ये वीरगन्जबाट काठमाडौं गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौरतर्फ गइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेको अनुमान गरिएको छ ।

Advertisement

सोही दुर्घटनामा तीनजना यात्रु हाम फालेर बाँचेको चितवन प्रहरीले जनाएको छ । एउटा बसको केही भागमात्र देखिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए । 

उनका अनुसार दुईवटा बस बगेको भनिए पनि अर्को बसको केही पत्तो लागेको छैन ।

काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्सबाट हाम फालेका तीन यात्रु भने सकुशल रहेको डीएसपी रिजालले जानकारी दिए । अहिले दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित गोताखोरको टोली खटिएको छ । उद्धारको प्रयास जारी रहेको प्रहरीले जनाएको छ । 

दुवै बसमा जम्मा ६५ यात्रु रहेको बताइएको छ । त्यसमध्ये तीनजना हाम फालेर बाँचेका छन् भने बाँकी ६२ यात्रुको अवस्था अज्ञात रहेको छ ।

Advertisement

Advertisement