काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । शुक्रबारको मूल्य हालसम्मकै उच्च हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार ७०० मा कारोबार भइरहेको छ । बिहीबार भने प्रतितोला एक लाख ४४ हजार ९०० रुपियाँ रहेको थियो ।
बिहीबारको तुलनामा १८ सय रुपियाँले बढेको हो ।
त्यस्तै, आज तेजाबी सुन १८ सय रुपियाँले बढेर प्रतितोला १ लाख ४६ हजार रुपियाँ पुगेको छ ।
त्यसैगरी चाँदीको मूल्य १५ रुपियाँ बढेको छ । बिहीबार १ हजार ८ सय ८५ मा कारोबार भएको चाँदी आज १९०० पुगेको छ ।