जातको नाममा रोटी सेक्ने काम अति भयो, अब बन्द गर्नुसः ज्ञानेन्द्र शाही

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी सेक्ने काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालाई चेतावनी दिएका छन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा उनले दलितका छोराछोरी राजाका पालामा केही पनि थिएनन् भन्ने गलत भाष्य निर्माण नगर्न पनि आग्रह गरे ।

Advertisement

शाहीले हिरालाल विश्वकर्मा राजाकै पालामा शिक्षामन्त्री बनेको उदाहरण दिँदै जातीय छुवाछुतविरुद्धको कानुन राजा महेन्द्रकै पालमा बनेको पनि बताए । 

उनले राजनीति गर्न सबैलाई खुला रहेको भन्दै राजनीति गर्न तर जातीयताको नाममा द्वन्द्व भड्काउने प्रयास नगर्न आग्रह गरे । 

शाहीले भने, ‘चुनाव जितेर आउनुस्, हामी जस्ता अभियन्ता र टेलिभिजनमा कार्यक्रम चलाउनुभएका रवि लामिछानेजी आज गृहमन्त्री हुनुहुन्छ। तर जातजातिलाई फेरि भड्काएर फेरि आफ्नो रोटी सेक्ने काम यो संसदको रोष्टमबाट नहोस्। किनभने अत्ति भइसक्यो ।’

Advertisement

Advertisement