दाहाललाई मेटमणिको सुझाव – देउवासँग राम्रो सम्बन्ध राख्नु, चार महिनामै ओली सरकार ढल्छ

Advertisement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले चार महिनापछि परिस्थिति प्रधानमन्त्री पुष्पकमल दाहालको लागि अनुकुल हुने भन्दै काँग्रेससँगको सम्बन्धलाई सन्तुलनमा राख्न आग्रह गरेका छन् । 

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक चौधरीले वर्तमान सत्तारुढ गठबन्धन भत्किनुमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई दोष नदिन प्रधानमन्त्रीलाई आग्रह गरे । उनले देउवासँगको सम्बन्धलाई सन्तुलनमा राखिरहन भन्दै चार महिनापछि परिस्थिति अनुकुल हुने दाबी गरे । 

Advertisement

चौधरीले चार महिनापछिको परिस्थिति दाहालकै पक्षमा हुने बताउनु भयो । उहाँले कांग्रेस सभापति शेरबहादुर देउवालाई देशको लोकतान्त्रिक राज्य व्यवस्थालाई कमजोर हुनेगरी संसद विघटन हुनेगरी साक्षि नबस्न पनि सुझाव दिए । 

चौधरीले भने, ‘तपाईले मान्छे चिन्नु हुने रहेनछ । कत्ति पनि मान्छे नचिन्ने । अब त चिन्नुभएको होला नि ? को कस्तो छ भनेर । हामी त तपाईकै साथमा छौँ । सधैँ तपाई सँगै रहन्छौँ । तपाईकै साथमा छौँ । थियौँ । तर तपाई पटक–पटक हामीलाई छोड्नुभयो । त्यसैले यो अवस्थाको सामना पनि गर्नु परेको छ । आज परिस्थिति जस्तो भएपनि नेपाली काँग्रेसका सभापतिलाई दोषि तपाई कत्ति पनि नदेख्नु होला । उहाँसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुहोला । चार महिनामै परिस्थिति अनुकुल भइ त हाल्छ ।’ 

उनले थपे, ‘सय प्रतिशत । आजको मितिले चार महिना गनेरै बसौँ । चार महिनामा अनुकुल परिस्थिति तपाइकै पक्षमा हुन्छ । त्यसैले सबैसँग बराबरमा रहेर व्यवहार गर्नुहोला यो मेरो अनुरोध छ । म कांग्रेसको सभापतिज्यूलाई पनि हेरिरहेको छु, नेपालको लोकतान्त्रिक राज्य व्यवस्थालाई कमजोर हुनेगरी, संसद विघटन हुनेगरी साक्षि नबस्नु होला । यो १०० प्रतिशत त्यो ठाउँमा पुग्छ । चार महिना पछि आजको प्रधानमन्त्रीको जस्तो हालत नहोस् । छल ग¥यो मायाले भन्ने गीत गुन्गुनाउनु नपरोस्, बुढानिलकण्ठको निवासमा बसेर ।’

प्रमुख सचेतक चौधरीले दुई ठूला दल मिल्दा असंवैधानिक काम पनि संवैधानिक हुन्छ ? भनि प्रश्न समेत गरे । आगामी सरकार संविधानको धारा ७६(३) बमोजिम बन्ने उनको भनाई छ । चौधरीले कांग्रेस एमालेलाई असंवैधानिक काम नगर्न आग्रह पनि गरे । 

Advertisement

Advertisement