काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सर्वसाधारणले किन्न पाउने गरी संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बैंकले संस्थापक शेयरधनीको नाममा रहेको चार हजार ४४०.८७ कित्ता शेयर संस्थापक शेयर बिक्रीमा राखेको हो ।
यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखिए पनि तोकिएको समयभित्र खरिद आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०३ रुपियाँ तोकिएको छ ।
खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।