काठमाडौं । सुनको मूल्य आज पनि ह्वात्तै बढेको छ । सुन प्रतितोला २ हजार रुपियाँले बढेर हालसम्मकै नयाँ रेकर्ड कायम भएको हो । चाँदी भने प्रतिलोला २० रुपियाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ८ सय र तेजाबी सुन प्रतितोला १ लाख ४९ हजार १ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला १ हजार ८ सय ९५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।