नेप्से २४८५.९४ अंकमाः सबै समूहमा छायो हरियाली, सवा १५ अर्बको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार आज यो साताको पहिलो दिन पनि उच्च अंकले बढेको छ । केही दिनदेखि बजार निरन्तर बढिरहेको हो । नेप्से उचालिएसँगै कारोबार रकम पनि बढिरहेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६१.६१ अंकले बढेको छ । २.५४ प्रतिशतले बजार बढ्दा नेप्से २४८५.९४ अंकमा पुगेको छ । 

Advertisement

बजारमा उछाल आएसँगै सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी ट्रेडिङ समूह ६.८० प्रतिशतले बढेको हो । 

undefined

३१५ कम्पनीका ४ करोड ११ लाख ९५ हजार ५ सय ३४ कित्ता शेयर किनबेच हूँदा आज १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २ सय ९०.९८ रुपियाँ बराबरको कारोबार भएको  छ ।

त्यस्तै विभिन्न ९ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । यूनाइटेड मोदी हाइड्रो, हिमालयन बैंक, गणपति लघुवित्त, मन्दाकिनी हाइड्रो, एनएमबि५०, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कमारी बैंक र सुपर मादी हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९९, ९.९८, ९.८६, ९.५५, ९.४९, ९.२१ र ९.०८ प्रतिशतले नाफा कमाएका हुन् । 

त्यस्तै सिक्लेस हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । 

सोल्टी होटल लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३४ करोड १० लाख ९६ हजार ३ सय ७.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 
   
 

Advertisement

Advertisement