विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन, बिहीबार राष्ट्रिय झण्डा आधा झुकाइने

Advertisement

काठमाडौं । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो । 

Advertisement

आयोगको सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहेका छन् भने पर्यटन मन्त्रालयका एटीसी अधिकृत मुकेश डंगोल सदस्य सचिव रहेका छन् । आयोगलाई ४५ दिन म्याद दिइएको छ ।

यसैबीच सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । उक्त घटनामा १८ जनाको मृत्यु भएको छ । 

Advertisement

Advertisement